भारतीय नागरिकहरुद्वारा सशस्त्रको हतियार खोस्ने प्रयास,झडपमा एक भारतीयको मृत्यु, चार सशस्त्र प्रहरी घाइते



काठमाडौं, ३० जेठ ।नेपाल(भारत सीमानामा रहेका सुरक्षाकर्मीहरु माथि भारतीय नागरिकहरुले आक्रमणको प्रयास गरेका समाचारहरु पछिल्लो समय बाक्लै आउन थालेका छन। सर्लाहीको बिष्णुपुर गाउँपालिकामा रहेको अस्थायी सुरक्षापोष्टमाथि आक्रमण प्रयास गरेको घटना सेलाउन नपाउंदै सोही जिल्लाको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीछ झपड हुंदा शुक्रवार एक भारतीयको मृत्यु हुनुका साथै चार सशस्त्र प्रहरी घाइते भएका छन।

जिल्लाको नारायणपुरमा रहेको सुरक्षा पोष्टलाइ घेरा हालेर झण्डै सय जनाको संख्यामा आएका भारतीय नागरिकले सशस्त्र प्रहरीको हतियार खोसेर भाग्न थालेपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर भारत सितामाढी जिल्ला पिप्रा प्रर्सैनी पंचायताका २७ वर्षीय विकेश कुमारको ज्यान प्रहरीले जनाएको छ।तीन जना घाइते भएका छ्न।

ऊनीहरुले घेरा हालेर खोसेको सशस्त्र प्रहरीको हतियार भने प्रहरीले फिर्ता ल्याएको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिनुभयो। भिडलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १० राउण्ड फायर गरेको बताएको छ। भारतीय नागरिकको आक्रमणबाट चार जना सशस्त्र प्रहरी पनि घाइते भएका छन्।

घाइते प्रहरीको जिल्ला अस्पताल मंलगवामा उपचार भैरहेको छ भने भारतीय नागरिकको भारतमै उपचार भैरहेको बताइएको छ।

भारतीय नागरिकहरुले भने सशस्त्र प्रहरीले गाँउमा नै पसेर आफूहरु माथि दुर्व्यवहार गरेको आरोप लागएका छन्। भारतीय नागरिकले नारायणपुर नाकाबाट सामान बोकेर सजिलै नेपाल छिर्न पाउनुपर्ने भन्दै सशस्त्र प्रहरी पोष्ट घेराउ गरेका थिए।

अहिले घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारततीय सीमा सुरक्षा बलका अधिकारीहरु बिच छलफल भैरहेको छ । नारायणपुर सीमा नाका भारतीय तस्करहरुले विभिन्न मालसमान नेपाल भित्र्याउने तस्करी नाकाको रुपमा परिचित छ ।

सशस्त्र प्रहरीको ड्युटी परिवर्तन हुने मौका छोपेर भारतीय तस्करले नेपाल तर्फ त्यस नाकाबाट कपडा, खाद्यान्न, भाँडाकुडा, रसायनिक मल लगायत अन्य समान ल्याउने गरेका छन् ।

केही दिन पहिले पनि भारतीय समान नेपाली बजारमा बिक्री गर्नु पाउनु पर्ने माग राख्दै भारतीयहरुले विष्णु गाउँपालिकामा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टमाथि आक्रमण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्