संसदबाट नेपालले नयाँ नक्शा पारित गरेकोमा भारतको आपत्ति !
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा नयाँ नक्सा पारित भएसँगै भारतले त्यसको विरोध जनाएको छ ।
शनिबार सर्वसम्मत रुपमा निशान छाप परिर्वतन गर्न संविधान संशोधन प्रस्ताव पारित भएपछि भारतले आफ्नो प्रतिक्रिया दिँदै विना तथ्य भारतीय भुमि नक्शामा समेटिएको भन्दै आपत्ती जनाएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले वक्तव्य जारी गर्दै भारतको केही क्षेत्रलाई समावेश गरेको नयाँ नक्साका लागि नेपालको संविधान संशोधन भएको विषयले आफुहरुको ध्यानाकर्षण भएको बताएका छन् ।
‘यस विषयमा भारतले आफ्नो पक्षले यस अघि नै स्पष्ट गरिसकेको बताउंदै प्रवक्ता श्रीवास्तवले सीमा विवादमा वार्तामार्फत समस्याको समाधान खोज्ने हाम्रो समझदारी पनि उल्लंघन भएको छ,’ वक्तव्यमा उल्लेख छ । साथै लिम्पियाधुरा, महाकाली र लिपुलेक क्षेत्र आफ्नो भएको नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको समेत भारतले दावी गरेको छ ।