नेपाली गीत संगीतको मर्ममाथि प्रहार गर्ने कलाकारलाई कालोसूचीमा राखिने
काठमाडौं,१७ साउन ।केहि कलाकारहरुले नेपाली गीत संगीतको मर्ममाथि नै प्रहार गरेको निष्कर्ष निकाल्दै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले त्यस्ता कलाकारहरुलाइ कालोसूचीमा राख्ने निर्णय गरेको छ।
पर्व गीतका नाममा संस्कार र संस्कृतिविरुद्ध निरन्तर प्रहार भइ रहेका बेला प्रतिस्ठानले उपमहासचिव शिव हमालको नेतृत्वमा १३ सदस्यीय बिकृती बिसंगती न्यूनीकरण कार्यदल गठन गर्दै सो कार्यदलको सिफारिसका आधारमा कालोसूचीमा राख्ने र त्यस्ता कलाकारलाई कुनै पनि सुबिधा नदिने निर्णय गरेको हो।
प्रतिष्ठानले कला , संस्कृति तथा संस्कार ख्याल नगरी अभद्रता प्रदर्शन नगर्न पनि कलाकारहरुलाइ आग्रह गरेको छ।