नेपाल अन्तर्राष्ट्रिय आर्ट एक्टको अध्यक्षमा गिरी मनोनित
काठमाडौं,१५ कार्तिक । चित्रकला तथा चित्रकारहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय आर्ट एक्टस्को नेपाल च्याप्टरको अध्यक्षमा रामहरि गिरी चयन भएका छन् । उक्त संस्थाका ग्लोबल चेयरमेन अध्यक्ष डा. दिपेन्कर रोयले शुक्रबार भएको विश्व सम्मेलन मार्फत् नेपालको अध्यक्ष पदमा रामहरि गिरीलाई चयन गरेको घोषणा गरेका थिए । गिरी लामोसमय सम्म अध्यापन पेशामा सकृय रहँदै आएका छन् भने रिसर्च एण्ड डेभलपमेन्ट इन्स्टीच्युट अफ नेपालका महासचिव तथा सामाजिक संस्था च्यालेन्ज फर चेन्ज का अध्यक्ष समेत रहेका छन् ।
अन्तर्राष्ट्रिय आर्ट एक्टस् विश्वका करिव ९२ वटा मुलुकमा सांगठनिक रुपमा संचालनमा रहेको संस्था हो । नेपालमा आर्ट एक्टस् गठन पछि नेपाली चित्रकला र कलाकारहरुको कलाका माध्यमबाट नेपाललाई विश्व मञ्चहरुमा चिनाउन सकिने तथा विश्वका अन्य देशका कलाकारहरुको कलाका बारेमा नेपालमा परिचित गराउन उपयुक्त मञ्च हुने अध्यक्ष गिरीले बताएका छन् ।