सलमान खान आइसोलेसनमा
मुम्बई । अभिनेता सलमान खान सेल्फ-आइसोलेसनमा बसेका छन् । सलमानका निजी ड्राइभरलगायत दुई कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सलमान १४ दिनका लागि आइसोलेसनमा बसेका हुन् । खबरका अनुसार सलमानका अन्य परिवारहरु पनि आइसोलेसनमा बसे पनि उनीहरुमा कोरोना संक्रमण भने देखिएको छैन ।
सलमानका संक्रमित कर्मचारीहरुको उपचार मुम्बई अस्पतालमा भइरहेको छ । उनीहरुको स्वास्थ्य उपचारको खर्च सलमानको परिवारले बेहोरेको छ ।
-टाइम्स अफ इन्डिया