नेउवा महासंघ : कार्की नेतृत्वको स्थल तथा पारवहन समिति विस्तार



काठमाडौं, २७ माघ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य प्रकाश सिंह कार्कीकोे सभापतित्वमा गठित स्थल यातायात तथा पारवहन समिति विस्तार भएको छ । समितिका सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यद्वय अमृत भट्टच र राजेश कुमार अग्रवाल तथा नेपाल फ्रेट फर्वार्डरस एशोसिएशनका द्वितिय उपाध्यक्ष नरेशकुमार अग्रवाल छन् ।

समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले स्थल यातायात तथा पारवहन समिति महासंघको निकै नै महत्वपूर्ण समिति रहेको बताए

भुपरिवेष्ठित मुलुक हुनुका नाताले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा आफ्नै प्रकारका चुनौती रहेकाले नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई अझबढी सहज र सरल बनाउन आवश्यक सुधारका लागि ठोस सुझाब तयार गर्न समितिलाई आग्रहसमेत गरे । गोल्छाले समितिलाई मुलुकको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका मुद्दामा काम गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्