नेचा सल्यान गाउँपालिका कार्यपालिका निर्माणका लागि जग्गादाता खोज्दै



होमनाथ खत्री
सोलुखुम्बु, १३ फाल्गुन ।जिल्लाको नेचासल्यान गाउँपालिकाले गाउँ कार्यपालिकाको प्रशासनिक भवन निर्माणका लागि जग्गा माग गरेको छ ।
गाउँपालिकाले १५ दिने सूचना आव्हान गर्दै गाउँ कार्यपालिका रहेको स्थानबाट पुर्बतर्फ १ किलोमिटर,पश्चिमतर्फ ३ किलोमिटरमा पर्ने जिल्लाको सदरमुकामसंग जोडिने मुल सडकको ५००/५०० मिटर भित्रको जग्गा आव्हान गरेको जग्गा ब्यवस्थापन तथा सहजीकरण समितिका संयोजक दोमराज बास्तोलाले जानकारी दिनुभयो ।
बास्तोलाका अनुसार समथर रहेको जग्गा साथै सडक पहुँच भएको वा सहज रूपमा सडक जोड्न सकिने न्युनतम ६ रोपनी जग्गा माग गरेको हो ।

यस्तै गाउँपालिकाले इलाका प्रहरी कार्यालय र इलाका हुलाक कार्यालयको लागि पनि सोही मापदण्ड भित्र रहि ५/५ रोपनी जग्गा माग गरेको छ । नि:शुल्क जग्गा उपलब्ध गराउन चाहनेले निवेदन सहित जग्गा धनी दर्ता प्रमाणपुर्जा र नागरिकताको प्रमाणपत्रको प्रतिलिपीसहित यहि माग २७ गते गाउँपालिकाको कार्यालयमा पेश गर्न सूचना प्रकाशित गरिएको हो।

प्रतिक्रिया दिनुहोस्