म्युजिक भिडियो निर्देशनमा छलाङ मार्दै विश्व कीर्तिमानसम्म दुर्लभ जन्तरे



पछिल्लो समय म्युजिक भिडियो निर्देशन, शब्द लेखन तथा कलाकारितामा ब्यस्त दुर्लभ जन्तरेले निर्देशन गरेको म्युजिक भिडियोले गिनिज वर्ल्ड रेकर्डको मान्यता पाएको छ। गिनिज बुकको मान्यता पाएसंगै निर्देशक जन्तरेले गिनिजबाट वर्ल्ड रेकर्ड पार्टिसिपेन्ट सर्टिफिकेट पाउने भएका छन । अहिले बजारमा राम्रो राम्रो म्युजिक भिडियो निर्देशन गरेर स्थापित उनलाई यो काम गर्ने अवसर मिलेको हो। उनको कुशल क्षमता देखेर निर्माता सन्च खालिङ र लक्ष्मण कार्कीले उनलाई यो कामको जिम्मेवारी दिएका हुन। निर्देश जन्तरे सहितको टोलिले संसारको सर्वाधिक उचाई ४८१४ मिटरको गोक्योमा गएर गोक्यो रि गितको अडियो रेकर्ड तथा भिडियो छायांकन गरेका थिए।
पाँच जना निर्माण टोलिले सर्वाधिक उचाईमा अडियो तथा भिडियो छायांकन गरि विश्व कीर्तिमान गर्ने उदेश्यले निर्माण गरेको हो। म्युजिक भिडियो निर्देशनको लागि कलाकार सहितको टोलिसंगै जन्तरे गोक्यो तर्फ लागेका थिए । पर्यटन क्षेत्रको उद्गम थलो सोलुखुम्बुको गोक्योमा पहिलो पटक कलाकारहरुले लाईभ बाजा सहित गोक्यो रि गीत लाईभ अडियो र भिडियो छायांकन गरेका हुन् ।
उक्त गोक्यो रि गीतको गीतकार मिलन किराँती, स्वर बबिना राई, संगित बिक्रम राई, संगित संयोजन फनिन्द्र राई र अडियो रेकर्डिङ वरिष्ठ साउन्ड ईन्जिनियर छिरिङ भोटेले गरेका हुन। म्युजिक भिडियो दुर्लभ जन्तरे ( बुद्धि राज राई ) को निर्देशन, गायिका तथा मोडेल बबिना किराँती, मोडल अनिश सिङ्जाली मगर, बाल कलाकार १० वर्षीय रायल राईलाई देख्न सकिनेछ भने म्युजिक भिडियोको छायांकन तथा सम्पादन ईशक जबेगुले गरेका हुन् । दुर्गा प्रसाद राईले सहयोगी छायांकनको भुमिका खेलेका थिए। त्यस्तै लाईभ बद्यबादनमा बिक्रम राईले मादल, राजिब बैजुले गिटार, बिक्रम गुरुङले अक्टाप्याड र पावल राईले बासुरी बजाएका हुन् ।

गोक्यी री गित नेपालको पर्यटन क्षेत्रलाई लक्षित गरि पर्यटन ब्यबसायी समेत रहेका निर्माता सन्च बहादुर राई, युवा समाजसेवी एवम् पर्यटन व्यवसायी लक्ष्मण कार्की, कार्यक्रमका संयोजक तथा तीन पटकसम्म विश्व कीर्तिमान गर्न सफल पुष्कर नेपाल, संचारकर्मी तथा सिनेमाटोग्राफर राजन खरेल, र चर्चित कार्यक्रम ईन्द्रेणी कार्यक्रमका बासुरी बाधक पावल राईले निर्माण गरेका हुन् ।

निर्माता समेत रहेका सन्च बहादुर राई, पावल राई, लक्ष्मण कार्की सोलुखुम्बुका हुन भने पुष्कर नेपाल सिन्धुपाल्चोक र राजन खरेल काभ्रेका हुन। गिनिजले पाँच जना निर्माता टोलिलाई रेकर्ड होल्डरको प्रमाणपत्र उपलब्ध गराउने छ। भने बाकी सबैलाई वर्ल्ड रेकर्ड पार्टिसिपेट सर्टिफिकेट उपलब्ध गराउने छ।

प्रतिक्रिया दिनुहोस्