लोकप्रीय बन्दै सोलुखुम्बेली गीतकार बस्ती राई बगरको गीत ‘पर्खी बस्छु’ (भिडियो सहित)
सोलुखुम्बु । हालसम्म पुस्ताकाकार नदिएपनि फुट्कर कविताको माध्यमबाट आम पाठकको मन जित्दै आएका कवि ‘बस्ती राई बगर’ ले आफुलाई गीतकारका रूपमा पनि स्थापित गरेका छन् ।
सोलुखुम्बुको सोताङ घरभए पनि हाल वैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका बगरले ‘पर्खी बस्छु’ नामक गीति एल्बममार्फत गीतकारका रूपमा आफुलाइ दर्शक श्रोताका माझ स्थापित गरेका हुन।जादुमय स्वरकी धनी चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको बगरको ‘पर्खी बस्छु’ ले दर्शक र श्रोताहरुको मन सहजै जित्ने कुरामा शंका छैन।
टेक नाछिरिङ्को कम्पोज र कृष्णभक्त राईको एरेन्ज रहेको सो गीत किङ स्टुडियोका सुरेश राइले रेकर्ड गरेका हुन।पर्खी बस्छुको गीति भिडियो छायांकन समेत गरिएको छ।श्याम राई,लक्ष्मी बर्देवा र दुर्लभ जन्तरेको अभिनय रहेको गीति भिडियोमा जन्तरेकै कथा र निर्देशन रहेको छ।