बिश्व कीर्तिमानी गीतकार उपाध्यायको सामाजिक बिभेदबिरुद्दको गीत सार्बजनिक



काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको रचनाको सामाजिक विभेद विरुद्धको गीत ‘हेला नगर’ को लिरिकल भिडियो सार्वजनिक भएको छ ।

उक्त भिडियो गीतकार उपाध्यायको युट्युब च्यानल डिआर म्युजिक एण्ड क्रिएसन्सबाट सार्वजनिक गरिएको हो ।

सन्तोष श्रेष्ठको संगीतको उक्त ग्तिमा गायिका ज्ञानु राणाको स्वर सुन्न सकिन्छ । गीतमा देवेन्द्र नेवाको संगीत संयोजन छ ।

संगीतका विभिन्न ३२ विधामा वर्ल्ड रेकर्ड राख्न सफल डा.उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् ।

यसअघि प्रकाशित डा.उपाध्यायका २३ एल्बममा माया-प्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

उहाँका चाडपर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीत लगायत बिभिन्न परिवेशका गीत रहेका छन् ।

मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरुमा समेत डा.उपाध्ययाले कलम चलाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्