पोर्न फिल्म बनाएको आरोपमा शिल्पा सेट्ठिका पति पक्राउ



एजेन्सी। बलिउड नायिका शिल्पा सेट्ठीका पति राज कुन्द्रा पोर्न फिल्म बनाएको अभियोगमा पक्राउ परेपछि बलिउड खुबै गर्मायो । यसैबिच अर्की नायिका गहनाको दाबीले बलिउड जगत पुनं गर्माएको छ । गहनाको दाबी अनुसार राज कुन्द्राले एक फिल्ममा आफ्नी साली शमितालाई कास्ट गर्ने तयारी गरिरहेका थिए ।

एक अन्र्तबार्ताका क्रममा गहनाले बताए अनुसार मेरो गिरफ्तारी भएको केही दिन अघि राजको अफिसमा गएको थिए । त्यहाँ मलाई थाहा भयो कि बालीफेम नामको एक एप लन्च गर्नको लागि योजना चलिरहेको थियो ।

हामीले केही स्क्रीप्टमा चर्चा गर्‍यौ र एक स्क्रीप्टमा शमिता शेट्टीलाई कास्ट गर्ने प्लानिङ चलिरहेको थियो । यसका लागि शमिता शेट्टी पनि तयार भएकी थिईन् । गहना पछिल्लो केही महिना जेल बसेर रिहा भएकी थिइन् । राज कुन्द्रा पोर्न फिल्मबाट नै दैनिक ७ लाख बढी कमाउने गरेको रहस्य बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्