जनचेतनामूलक लघु चलचित्र ‘दाक्पु शेर्वा’ को प्रथम प्रदर्शन सम्पन्न
सोलुखुम्बु ।राष्ट्रिय जनगणना २०७८ मा शेर्पा समुदायकाे सक्रिय सहभागिताका लागि जागरण ल्याउने उद्देश्यले निर्माण गरिएको “दाक्पु शेर्वा ” नामक जनचेतनामूलक लघु चलचित्रको प्रथम प्रदर्शन गरिएको छ।
साेलुखुम्बु सदरमुकाम सल्लेरीस्थित केरुङ किचनमा राष्ट्रिय जनगणना २०७८ विशेष सो फिल्म सोमबार प्रथम प्रदर्शन गरिएको हो । सो लघु चलचित्र नेपाल शेर्पा संघ साेलुखुम्बुकाे व्यवस्थापन तथा लाक्पा शेर्पा VJ काे निर्देशन/ कथा/ छांयाकन र कुन्जाङ शेर्पाको सह-निर्देशनमा निर्माण सम्पन्न भएको हो।
सो लघु चलचित्रमा पासाङ काजी शेर्पा (पिके) , कुन्जाङ शेर्पा, आचार्य पेमारिन्जी रिन्जी, आङनुर्बु लामा शेर्पा, आङ ङिमी शेर्पा, मिङमार याङजी शेर्पा , ङिमा शेर्पा , जाङबु शेर्पा, छिरिङ निमा शेर्पा लगायतका कलाकारहरुकाे अभिनय रहेकाे छ ।
जनगणना विशेष जनचेतनामूलक सो लघु चलचित्र लाई आजैबाट नेपाल शेर्पा संघ साेलुखुम्बुकाे फेसबुक पेज साथै Yak l online youtube channel बाट सार्वजनिक गरिएको छ ।