योङ्ग स्टार क्लब दोर्पु टिम ‘बि’ लाई फुटबल खेलको उपाधी
सोलुखुम्बु । योङ्ग स्टार क्लव र सोलु एफ।एमको स्थापना दिबसको अबसरमा आयोजित फुटबल प्रतियोगिताको उपाधी योङ्ग स्टार क्लब दोर्पु टिम ‘बि’ले हात पारेको छ।
शनिबार सम्पन्न फाईनल खेलमा सोलु दुधकुण्ड युथ क्लव सल्लेरीलाई ३–२ ले पराजित गर्दै दोर्पु बी ले सो उपाधी हात पारेको आयोजकले जनाएको छ।
गत कात्तिक २३ गतेबाट सुरु भएको खुल्ला फुटबल प्रतियोगितामा १४ टिमको सहभागीता रहेको थियो । प्रतियोगिताको विजेताले नगद ७५ हजार ५५५ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र तथा उपविजेताले ३३ हजार ३३३ रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी योङ्ग स्टार क्लबका दिपेन लामा, उत्कृष्ठ गोल रक्षक विबेक शाक्य, सर्वाधिक गोलकर्ता सोलुदुधकुण्ड युथ क्लबका खेलाडी ग्याल्जेन शेर्पा, उत्कृष्ठ डिफेन्डर बालकृष्ण केसी र कम उमेरका खेलाडी सुम्निमा फुटबल क्लब सल्लेरीका खेलाडी रिजन मगर घोषित भएका छन् ।