मिस तामाङ माघमा, शुरु भयो अडिसन



यस वर्षको मिस तामाङ सौन्दर्य प्रतियोगिता माघ २२ गते हुने भएको छ। ‘मिस तामाङ २०२२’का सहभागी हुन चाहनेहरुको अडिसन शनिवारबाट शुरु भएको आयोजक मम्स् इन्टरनेसनल नेपालले जनायो।

काठमाडौंको दरबारमार्गस्थित लिक्वर लाउन्जमा शनिवार २७ जना तामाङ युवतीहरु अडिसनमा सहभागी भए। मिस तामाङ २०१२ सुमी मोक्तान, मिस तामाङ २०२१ सफलता थिङ र मिस तामाङ २०१७ का फस्ट रनर अप नावाङ मोक्तान निर्णायकको भूमिकामा थिए।

तामाङ कला, संस्कृति, भेषभुषा, भाषा, संस्कृतिलाई संरक्षण प्रवर्द्धन गर्ने उद्देश्यका साथ मिस तामाङ हरेक वर्ष आयोजना हुँदै आएको छ।

२००६ बाट शुरु भएको मिस तामाङको १४ औं संस्करण माघ २२ गते काठमाडौं प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा आयोजक संस्थाकी अध्यक्ष रञ्जिता ब्लोन लामाले बताइन्।

प्रतिक्रिया दिनुहोस्