नायक पल शाहबिरुद्ध जबर्जस्ती करणीको अर्को पनि उजुरी, अनुसन्धानका लागि ७ दिन म्याद थप
काठमाडौँ।नायक पूर्ण विक्रम शाह(पल शाह) विरुद्ध गैंडाकोटमा अर्को जबरजस्ती करणी जाहेरी परेको छ।
आज गैंडाकोटस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी परेको र सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
यस्तै गत बुधबार पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि बलात्कारको अभियोगमा जाहेरी दर्ता भएको थियो। सोही विषयमा थप अनुसन्धानका लागि शाहलाई आज मात्रै प्रहरीले पक्राउ गरेको छ।
उता,तनहुँ प्रहरीसमक्ष आजै आत्मसमर्पण गरेका अभिनेता पल शाहलाई जिल्ला अदालतले ७ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।