चिचिला क्राभेरी मेमोरियल टुर्नामेन्ट- २०२२ सम्पन्न,केरुङ र जुभिङले प्राप्त गरे उपाधि




प्रदिप खालिङ,सोलुखुम्बु। जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा न -१ नुन्थलामा समाबेशी युथ क्लबद्वारा आयोजित चिचिला क्राभेरी मेमोरियल टुर्नामेन्ट २०२२ को समापन भएको छ।

जिल्लाब्यापी खुल्ला पुरुष भलिबलतर्फ सोलुदुधकुण्ड नगरपालिका-८, केरुङ र महिला भलिबलतर्फ माप्य दुधकोशी गाउँपालिका-१, जुभिङ्ले प्रथम स्थान हासिल गर्न गर्न सफल भएका छन् । त्यसैगरी द्वितीय पुरुषतर्फ खुम्बु पासाङल्हामु गाउँपालिका -१, खरिखोला, तृतीय माप्यदुधकोशी गाउँपालिका-६, वाकु र महिलातर्फ द्वितीय माप्यदुधकोशी गाउँपालिका-६, हाकुला र तृतीय माप्य दुधकोशी गाउँपालिका-५, काँकुले प्राप्त गर्न सफल आयोजकले जनाएको छ।

कार्यक्रममा लोकदोहोरी गायनतर्फ सुनौलो बिहानी ढुङ्गेटार सामुदायिक संस्था प्रथम, द्वितीय मगर सेवा समाज र तृतीय दलित सामुदायिक संस्था भएका छन भने लोक नृत्यतर्फ अजम्बरी सामुदायिक संस्था प्रथम, सृजनशील महिला समुह द्वितिय, भुमेस्थान सामुदायिक संस्था तृतीय
र दिलकुमारी होस्टेल टिमले सान्वना पुरस्कार प्राप्त गरेका छन् ।

कक्षा ८ सम्मका सरकारी विद्यालयको खुल्ला निबन्ध प्रतियोगितामा प्रथम, र तृतीय क्रमशः श्री टाक्सिन्दु माध्यामिक विद्यालय र तृतीय स्थानमा गार्मा माध्यामिक विद्यालय प्राप्त गर्न सफल भएका छ्न । प्रथम स्थानलाई ५० हजार, द्वितीय ३५ हजार र तृतीय २० हजार नगद तथा प्रमाणपत्र, मेडलले मोनभिसो नेपालका फाउन्डेसनका कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाले प्रदान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा महिला पुरुष भलिबल अन्तर्गत प्रथम ७५ हजार, द्दितिय ५० हजार र तृतीय ३५ हजार नगद राशि, ट्रफि, प्रमाणपत्र र खुल्ला लोक नृत्य अन्तर्गत प्रथम ५ हजार , द्दितिय ३ हजार, तृतीय २ हजार र दोहोरी प्रतियोगितामा प्रथम ५ हजार, द्वितीय ३ हजार, तृतीय २ हजार र प्रमाणपत्रले पुरष्कृत भएका छ्न ।

उक्त कार्यक्रममा बिभिन्न सङ्घ संस्था तथा ब्यक्तिले आर्थिक सहयोग गर्ने गरेकोमा आयोजकले मायाको चिनो प्रदान गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्