थुलुङ दुधकोशी : चैत २७ गतेदेखि तेस्रो अध्यक्ष रनिङशिल्ड प्रतियोगिता आयोजना हुने
सोलुखुम्बु।सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको आयोजनामा तेस्रो अध्यक्ष रनिङ शिल्ड महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत्र २७ देखि शुरु हुने भएको छ ।

चैत्र २९ सम्म चल्ने प्रतियोगितामा जिल्लास्तरीय अन्तर वडाको प्रतिस्प्रर्धा रहनेछ । प्रतियोगितामा प्रथम हुने टिमले एक लाखको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्धितीय हुनेले ७५ हजार पाउँदा तृतीय टिमले पचास हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाउने छ ।
सान्त्वना पुरस्कार २० हजार तोकिएको छ भने उत्कृष्ट एक एक जना महिला र पुरुष खेलाडीलाई समेत पुरस्कृत गरिने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । सोही अवसरमा प्रदेश स्तरीय खेलमैदानको उद्घाटन र पालिका गान सार्वजनिक कार्यक्रम पनि राखिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।