उषा र शंकरको ‘अमेरिका मेरो बुढा छ’ र सरस्वतीको ‘बरी लै’तीज गीत सावर्जनिक



काठमाडौं । नेपाली महिलाहरुको महान पर्व तिज नजिकिँदै गर्दा दिन–दिनै नयाँ तिजगीतहरु सार्वजनिक हुने क्रम जारी छ ।
सांगीतिक माहौल पनि तीजमय बनेको छ यतिबेला । यसै मेसोमा जया देवकोटा र रेजिना परियारको स्वरमा ‘अमेरिका मेरो बुढा छ’ बोलको रोमान्टिक तिजगीतको भिडियो सार्वजनिक भएको छ । बिपिन केसीको शब्द, जया देवकोटाको संगीत, कृष्ण केसीको एरेञ्ज, मदन खड्का र शिवजी क्षेत्रीको कोरियोग्राफी, अनिल रानाको सम्पादन रहेको भिडियोमा लोकप्रिय कलाकार शंकर बिसि र उषा सुवेदीको अभिनय रहेको छ भने मदन खड्काले भिडियो निर्देशन गरेका हुन्।

उता, नारीपर्व तीजकै अवसरमा सरस्वतीको ‘बरि लै’सावर्जनिक भएको छ।राजु परियार, सरस्वती उप्रेती, हिरा सुनार, मुना मगरको स्वरमा ‘बरि लै’ बोलको मर्मस्पर्शी तीज गीति भिडियो सार्वजनिक भएको हो।

राजु परियारको संगीत, राजु सापकोटाको शब्द, नारायण दङ्गालको एरेञ्ज रहेको भिडियोमा राजु सापकोटा, निहारिका थापा, लक्ष्मण बस्नेत, सिर्जना किराती, लिलाराम बानिया, रुपेश श्रेष्ठ, दिक्षा घिमिरे, रुपा तिमल्सिना, सुमन श्रेष्ठ फिर्चरिङ्ग छ भने मिलन श्रेष्ठको निर्देशन रहेको भिडियो सन्तोष तिमल्सिनाले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्