चरित्र अभिनेता रामचन्द्र अधिकारी दुई दिनपछि डिस्चार्ज हुने



काठमाडौं।चरित्र अभिनेता रामचन्द्र अधिकारी दुई दिनपछि डिस्चार्ज हुने भएका छन्।

निमोनियाका कारण काठमाडौंको मेडिकेयर अस्पतालमा उपचाररत अधिकारीको स्वास्थ्यमा सुधार आएकाले उनलाई दुईदिन पछि डिस्चार्ज गर्ने अस्पतालले जनाएको परिवारलाई उदृत गर्दै नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष एबम् प्रबक्ता मोहन निरौलाले जानकारी दिएका छन् ।

निरौलाले अधिकारीको सम्बन्धमा सामाजिक सञ्जालमा नेपाल आएको समाचारप्रती संघको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् ।बिहिवार बिज्ञपति जारी गर्दै निरौलाले भनेका छन् – चलचित्र कलाकार संघका सदस्य चरित्र अभिनेता श्री रामचन्द्र अधिकारीको सम्वन्धमा सामाजिक सन्जालमा आएको समाचार प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

श्री रामचन्द्र अधिकारी केही दिन अगाडी देखी निमोनियाको कारणवाट मेडीकेयर अस्पतालमा उपचार गराइ रहनु भएको छ । संघका कावा अध्यक्ष श्री सानु कुमार ताम्राकार तथा कार्यकारिणी सदस्यज्युहरुले वहालाइ वारवार भेट गरिहनु भएको छ । श्री अधिकारीलाइ दुइ दिन पछि डिस्चार्ज गरिने कुरा वहाँको परिवारले वताउनु भएको छ । नेपाल चलचित्र कलाकार संघ श्री राम चन्द्र अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

श्री रामचन्द्र अधिकारीको संम्वन्धमा आएको भ्रामक कपोलकल्पित र अतिरञ्जित समाचार प्रति संघ खेद ब्यक्त गर्दछ । यस प्रकारका समाचारमा कुनै विश्वासनियता र आधार नभएकाले आम जनमानसलाई भ्रममा नपर्न पनि हामी विनम्र अनुरोध गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्