संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीको सम्बोधन



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकले अनुभूति गर्न सक्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने बताएकी छन् ।

कार्यकाल सकिनै लाग्दा संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै शुक्रबार उनले नागरिकमा राज्यको उपस्थिति छ भन्ने देखाउन सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त हुनुपर्ने बताइन् ।

‘नागरिकले घर दैलोमा नै सरकार छ भन्ने अनुभूति गर्न सक्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्छ’, उनले भनिन् । भण्डारीले कुनै पनि अपराधिक घटना हुन नदिनु नै सरकारको दायित्व रहेको पनि बताएकी छन् ।

शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ भएकाले मात्र राम्रो प्रतिफल दिन सक्ने भन्दै उनले स्वास्थ्यकर्मीको परिचालन, स्वास्थ्य सामग्री र औषधिको नियमित उपलब्धताले मात्र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि हुने बताइन् ।

औषधिको अभावमा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्नेगरी सरकारले काम गर्नुपर्ने उनको भनाइ छ ।उनले देशको अर्थतन्त्र सुधारका लागि सरकारले उत्पादन वृद्धिको क्षेत्रमा काम गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले रासायनिक मलको सहज र माटोको अम्लियपना कम गरेर उत्पादन वृद्धिमा काम गर्नुपर्ने बताइन् ।

उत्पादनसँगै बजार व्यवस्थापन, लागत मूल्य किसानले पाउनुपर्ने उनको भनाइ छ । युवालाई देशभित्र कृषि क्षेत्रमा काम गर्न सक्ने वातावरण बनाउनुपर्ने भन्दै उनले प्रविधिमा आधारित कृषि क्षेत्रको विकासमा जोड दिइन्

प्रतिक्रिया दिनुहोस्