गायक आङगेलु शेर्पाको ‘मेरो प्रयास’एकल सांगीतिक साँझ भब्यरुपमा सप्पन्न



प्रदिप खालिङ,सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाको वडा नं- १ टाक्सिन्दुस्थित टाक्सिन्दु माध्यामिक बिद्यालयको आर्थिक सहयोगका लागि आयोजना गरिएको गायक आङगेलु शेर्पाको ‘मेरो प्रयास’एकल सांगीतिक साँझ सप्पन्न भएको छ।

टाक्सिन्दु माबिलाई उच्च माबि बनाउने उद्देश्यले त्यसै विद्यालयका पूर्ब विद्यार्थीहरुद्वारा गठित पूर्ब विद्यार्थी मञ्चद्वारा विद्यालयका पूर्ब विद्यार्थी गायक शेर्पाको एकल सांगीतिक सांझ शनिबार आयोजना गरिएको हो।

एकल साङगितिक साझको चर्चित हास्यकलाकार फुलन्देकि आमा(उमेश राई)उदघोषण गरेको सो सांगीतिक सांझमा रोज मुक्तानको प्रस्तुत सांगीतिक प्रस्तुति’हिउँ पर्यो फुरुरु”मैच्याङ’,’बाबरी फुलको बोट’ जस्ता आधा दर्जन गीत भिषण मुकारुङ्को’सोइ ढोले सोइ’ ‘साकेला’, ‘खोर्सानी डल्ले”पुर्बेली गाना’र गायिका मिना राईको प्रस्तुति ‘च्याङबा’,’माझिदाइ’ जस्ता गीतले दर्शकलाई मन्त्र मुग्ध बनाएको थियो।

हाँस्यकलाकार निमागेलु शेर्पाको हास्य प्रस्तुति सगैं स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति र डिजे तेन्जिङ शेर्पाको डिजे सेसनसङै कार्यक्रम भब्य रुपमा समापन भएको थियो ।

सोलुदुधकुण्ड नगपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न औपचारिक कार्यक्रममा विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहनु भएका समाजसेवी,वडाध्यक्ष तथा तारा फाउन्डेसनका अध्यक्ष छोङबा शेर्पा, मोनभिजो फाउन्डेसनका अध्यक्ष छोङ्बा लामा शेर्पा, सप्तरंगी फाउन्डेसनका अध्यक्ष धनबहादुर खालिङ, टि.एस.डब्लु. का अध्यक्ष कर्मा शेर्पा, नेपाल चिल्डेन अर्गनाइजेसनका छिरि शेर्पा, हिमालयन ट्र्स्टका प्रतिनिधि नव भुजेल तथा गायक आङगेलु शेर्पालाई सम्मान प्रत्रसहित दोसल्ला ओडाएर सम्मानित गरिएको थियो।

कार्यक्रममा अतिथिहरुलाई खालिङ राइहरुको वास भुमे नाच, शेर्पा जातिको स्याब्रु नाच र मगर जातिको कौडा नृत्यले स्वागत गरिएको थियो ।कार्यक्रमबाट झण्डै १४ लाख रुपैयाँ बराबरको सहयोग जुटेको जनाईएको छ।

प्रतिक्रिया दिनुहोस्