मोहन कार्कीको निर्देशन र विनोद कार्कीको रचनाको गीति भिडियो सार्बजनिक हुंँदै



काठमाडौ ।राजधानी काठमाडौबाट प्रकाशित हुने जन आकाश साप्ताहिकमा कार्यरत विनोद कार्कीले गाउँंले परिवेशलाई झल्काउने आफ्नो विरह गीतमार्फत पोखेका छन् । विगत

रामेछापको चाकेमा जन्मेका कार्कीले काठमाडौ आएपछि आफुलाई गाउँघरको सम्झनाले सताउंँदाको अनुभूतिलाई गीतमार्फत उजागर गरेका छन् । उनले रचना गरेको गीतलाई जनआकाश मिडिया प्रा.लि.ले निर्माण गरिहरेको छ रामेछापका डाँडां, काँडां, पाखा, पखेरा र प्राकृतिक सुन्दरता रामेछापको विशेषताहरु गीतमा राम्रो बर्णन गरिएको छ । गीतले रामेछाप घुम्न आएका मानिसलाई लोभ्याउने प्राकृतिक सुन्दरता रहेको गीतको बोलमा उल्लेख छ ।

गीतको बोल ए हो कति राम्रो रामेछापको सीन
कहिले होला तिमी र म सँगै हुने दिन ।

गीत सुन्दा नै नाँंचु नाँचुं लाग्ने संगीतको मिठासले भरिएको छ । उक्त गीतलाई संगीत/संगीत संयोजनको मिठास संगीतकार रामकृष्ण थापाले गरेका छन् ।

त्यसैगरी मिठास संगीतमा लयबद्ध गर्दै गाउँवस्ती झझल्को आउने गरी स्वरमा उतारेका छन् रामेछापकै गर्जाङका गायक शिव सागर खड्का र चर्चित गायिका शान्ति श्री परियारले ।

गायक र गायिकाको मिठो स्वरलाई वेभ स्टुडियो अनामनगरले रेकडिङ गरी प्रविधिमैत्री बनाएको छ । रामेछापकै युवा मोडलहरु नबिन गौतम र बबिता पोख्रेलले मुख्य भुमिकामा अभिनय गरेको सो भिडियोका लागि कल्पना कार्की,सविना गरबुजा,कृष्ण पुन,नरेस पुन,केशव पुन,विनिता भण्डारी,लक्ष्मण नेपाल,कविर श्रेष्ठ,सविन गुरुङ र मनिकाको नृत्य रहेको छ।

मोहन कार्कीले निर्देशन गरेको गिती भिडियोको सम्पादन प्रेम शर्मा पौडेल,कोरियोग्रफ्री कृष्ण रसाल,ड्रोन अपरेटिङ कृष्ण ब्लोन र रामेछापका केही भागमा राजन महतरा क्षेत्रीले भिडियो खिचेका थिए।भिडियोमा रामेश्वर जिरेलले साथ दिएका छन् ।

उक्त गीतलाई जनआकाश साप्ताहिकको १६ औ बार्षिकोत्सवको अवसर पारेर काठमाडौको नेपाल–प्रज्ञा प्रतिष्ठान कमलादी लेखनाथ सदनको हलमा विमोचन गर्ने कार्यक्रम रहेको छ । त्यसैदिन स्रष्टा र सृर्जना सम्मान अन्तर्गत २०८० हुँदै छ । यसै बर्ष नेपाली नारीहरुको महत्वपुर्ण पर्व तीजलाई जनआकाश मिडियाले विशेष बनाउन यहि २०८० असार २० गतेवाट साउन ५ गतेसम्म तीज गीत छनौटको लागि रचना आव्हान गरेको थियो प्राप्त रचनामध्य उत्कृष्ट एकजनालाई सुसेली सम्मान गर्ने कार्यक्रम रहेको छ । सोही उत्कृष्ट सुसेली तीजलाई जनआकाश मिडियाले निर्माण गरेर तीज अगावै म्याुजिक भिडियोको रुपमा ल्याउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्