जनआकाश मिडियाले तीज गीत बजारमा ल्याउँदै
काठमाडौ । जनआकाश मिडिया ग्रुपद्धारा एकपछि अर्को गर्दै म्युजिक भिडियो सार्वजनिक भईरहेका छन् । त्यसमा पछिल्लो पटक “कति राम्रो रामेछापको शिन” बोलको म्युजिक भिडियो सार्वजनिको तयारीमा जुटेको जन आकाश मिडिया प्रा.लि.ले अर्को तीज गीत बजारमा ल्याउनको लागि प्रतियोगिता नै आयोजना गरेर काम अगाडी बढाएको अध्यक्ष मोहन कार्कीले जानकारी दिएका छन् ।
उनको भनाई अनुसार नेपाली नारीहरुको महत्वपुर्ण पर्व तीजलाई विशेष बनाउन जनआकाश मिडियाले जनआकाश साप्ताहिको बार्षिकोत्सवको अवसर पारेर छनौट गर्ने गरी यहि असार २० गतेवाट साउन ५ गतेसम्म सुसेली तीज गीतको लागि आवेदन आव्हान गरेको थियो। उक्त समयमा ३८ जना प्रतियोगीले भाग लिएर सुसेली तीज गीत जनआकाश मिडियाको छनौट टिमलाई पठाएका थिए ।
सोही प्रतियोगिताका सुसेली गीतलाई शनिबार काठमाडौमा उपलब्ध प्रयितयोगीको भिडियो रेकर्ड गरेको छ । काठमाडौ उपत्यकाभन्दा बाहिरका प्रतियोगीहरुको भिडियो अनलाइनवाट देखाईएको थियो ।
२०८० सुसेली तीज गीत प्रतियोगितामा सहभागी भएका प्रतियोगीहरुको २०८० साल साउन ३१ गते जन आकाश साप्ताहिकको १६ औँ बार्षिकोत्सवको अवसर पारेर छनौट सार्वजनिक गरिने आयोजकले बताएको छ। सहभागी ३९ प्रतियोगी मध्य पहिलो हुने सुसेली गीतलाई जनआकाश मिडियाले पुर्ण स्वामित्व लिएर निर्माण गर्ने उल्लेख छ ।
प्रतियोगी रचनाकारहरुमा प्रभा पोखरेल , सविता दवाडी , रमा आचार्य, डा. सीता सुवेदी पन्थी, जमुना कायस्थ, उषा केसी, सानू शर्वि,मला ढकाल,चन्द्रावती अधिकारी, जानुका थापा रायमाझि, विनुबाबा घिमिरे,कमला देवकोटा,सुलिा पौडेल ,यसोदा गिरी,अम्बिका अधिकारी,उर्मिला पन्त पाण्डे, सरिता थापा मगर,रीता थपलिया,विमुन्स पौडेल,शारदा आचार्य,तिला लेकाली,चन्द्रा न्यौपाने,सविता दवाडी,भवानी मैयाँ पन्त,सफलता न्यौपाने, गंगा लिगल, गीता अर्याल, सविता केसी, रमा आचार्य, पुनम घिमिरे,राधिका पुरी सानु, सुचिता काफ्ले, सुमित्रा श्रेष्ठ, गंगा आचार्य सापकोटा, सुशीला ढकाल अधिकारी, इन्दिरा रेग्मी, कल्पना अधिकारी भट्टराई, ललिता दोषी,भवानी घिमिरे रहेको अध्यक्ष कार्कीले जानकारी दिए।