‘भ्रष्टाचार विरुद्ध गीत प्रतियोगिता’ आयोजना गरिने



काठमाडौं।हेम सरिता पाठक फाउन्डेसनले एक लाख रकमको ‘भ्रष्टाचार विरुद्ध गीत प्रतियोगिता’ गर्ने जनाएको छ ।

उत्कृष्ट शब्दलाई यो प्रतियोगितामा पुरस्कृत गरिने र प्रतियोगिताको समय २०८० भदौ १५ गतेसम्म तोकिएकोमा आगामी २०८० मङ्सिर १५ सम्म थप समय तोकिएको नेपाल शाखाका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राधेश्याम लेकालीद्वारा प्रेषितपत्रमा जनाइएको छ ।

अमेरिकामा बसोबास गर्दै आउनु भएका समाजसेवीहरु हेम पाठक र सरिता पाठकले सो रकमको ब्यवस्था गर्नु भएको हो । यसअघि पनि एक लाख रकमको ‘भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता’घोषणा भइसकेको छ ।

फाउन्डेसनले पत्रकारिताका अलवा सङ्गीत र साहित्यमा पुरस्कारहरु प्रदान गर्दै आएको छ । यस्तै नेपालमा स्कुल संचालन, विपन्नबर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदान तथा अमेरिकामा गरीब नेपाली विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्