हाजिरी जमानीमा रिहा भए अनमोल केसी
काठमाडौं । अभिनेता अनमोल केसी हाजिरी जमानीमा रिहा भएका छन्।
फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएपछि शुक्रबार साँगाबाट पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले तीन दिन अनुसन्धान गर्न दिएको समय आइतबार सकिएसँगै छोडिएको प्रहरीले जनाएको छ।रिहा भएपछि अनमोल केसी घरबाट मगाएको गाडी चढेर प्रहरी कार्यालयबाट बाहिरिएका छन् ।
अनमोलले प्रहरीले गरेको सोधपुछमा आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका छन् ।