थुलुङदुधकोशी गाउँपालिकाको कफीलाई विश्व बजारमा पुर्याईने
सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले थुलुङदुधकोशी गाउँपालिकाको कफीलाई ब्राण्डिङ गरिने बताउँनुभएको छ।
व्यवसायिक तरकारी तथा फलफुल खेती र तिनका रोगकिरा साथै मलखाद व्यवस्थापन सम्बन्धि २ दिने तालिम समापन समारोहमाा बोल्दै अध्यक्ष राईले थुलुङ दुधकोशीको कफीलाई विश्वबजारमा पुर्याउने गरि काम भईरहेको बताउँनुभयो ।
अहिले गाउँपालिकाले कफी निर्यातमा राेक लगाउँने समेत निर्णय गरी प्रशाेधनकाे कार्य अघि बढाइएकाे गाउँपालिका प्रबक्ता भाेजराज कार्कीले जानकारी दिनुभयाे ।
यस्तै पालिका अध्यक्ष राईले अबदेखी उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरिने भन्दै स्थानीय पाठ्यक्रम समेत निर्माण गरि कृषि उत्पादन बढाउने कार्यक्रम सञ्चालन गरिने बताउँनुभयो । अनुदान दिएर उत्पादन गर्न लगाउँदा बास्तवीक कृषकले लाभ लिन नसकेको भन्दै उहाँले झोलामा कागजात बोकेर अनुदान लिने कार्य बन्द नहुँदा कृषिमा सहि नजिता नआउने दावी गर्नुभयो ।
गाउँपालिकाको आयोजनामा आयोजित उक्त तालिममा जैविक मलखाद व्यवस्थापन सम्बन्धि सीप महत्वपुर्ण रहेको सहभागी सुमी राईले बताउँनुभयो । तरकारी खेती गरिरहेको भएपनि त्यसको रोगकिरा नियन्त्रण सम्बन्धि ज्ञान नहुँदाको समस्याले सताएको भएपनि यो तालिमले न्यूनिकरण गर्ने उहाँको विश्वास छ । यस्तै तालिममा सहभागी नेतकुमार राईले विद्यालय शिक्षामा समेत कृषिलाई जोड दिना आग्रह गर्नुभयो ।
तालिमले बास्तविक कृषकलाई धेरै कुराहरुको सीप सिकाउन सफल भएको सहभागीले प्रतिक्रिया दिएका छन् । गाउँपालिकाको आयोजना तथा अमृत एग्रो इण्डस्टृज प्रा.लि नवलपरासी र जेनिश एग्रोभेट एण्ड सम्पालायर्सको प्रायोजनमा सञ्चालित तालिममा ८० जना भन्दा बढी कृषकको सहभागीता रहेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । प्रवक्ता कार्कीका अनुसार शिव यन्दो र अतीत खड्काले तालिमको सहजीकरण गर्नुभएको थियो ।