उप-महासचिव घिसिङद्वारा संगीतकर्मी संघकाे कार्यालय उद्घाटन
काठमाडौं/ राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशकाे कार्यालयको उद्घाटन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि चलचित्र निर्देशक/निर्माता समेत रहेका आम जनता पार्टीका केन्द्रीय उप-महासचिव अरुण घिसिङले माछापाेखरी बसन्तनगर, गुम्बा बालाजुमा शुक्रबार सो कार्यालयको उद्घाटन गर्नुभएको हो।
‘हाम्रो कला र संस्कृति गाैरवपूर्ण सान कलाकर्मीकाे उत्थानकाे लागि हाम्रो साझा अभियान’ भन्ने मुल नारासहित सम्पूर्ण कलाकर्मीहरुकाे साझा घरका रुपमा २०६२ सालमा स्थापना भई अघि बढिरहेको संघकाे प्रदेश कार्यालय उद्घाटन गर्नु हुँदै प्रमुख अतिथि घिसिङले राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशले कार्यालय स्थापना गरेकोमा खुशी व्यक्त गर्नु हुँदै यस संघले दुःखमा परेका कलाकारहरुको पीडा सम्बाेधन गर्न सक्नुपर्ने बताउनुभयो।
देश जर्जर अवस्थामा रहेको बर्तमान अवस्थामा नेताहरुको राजनीतिक बेइमानी र भ्रष्टाचारविरुद्ध गीत संगीतको माध्यमबाट आम जनतालाई सुसूचित गर्नुपर्ने बताउंदै घिसिङले परिवर्तनको पक्षमा माहौल सिर्जना गर्न कलाकारहरुलाई आग्रह गर्नुभयो। कला, भाषा, साहित्य, गीत, संगीतले नै समाजमा सचेतना फैलाउनु पर्नेमा वहाँको जोड थियो।
कार्यक्रममा प्रमुख अतिथि घिसिङले राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेश समितिबाट गीत संगीतकाे माध्यमबाट समाजमा याेगदान पुर्याउनु भएका कलाकर्मीहरु सम्मान-पत्र र प्रशंसा-पत्रबाट सम्मान गर्नुभएको थियो।
उक्त उद्घाटन कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय प्रतिनिधिलगायत अन्य विभिन्न संघ/संस्थाबाट उपस्थित विशेष अतिथि र अतिथिहरुबाट शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे ।
विभिन्न अग्रज चर्चित कलाकारहरु आबद्ध रहेकाे संघका नेपालका सबै जिल्लामा जिल्ला कार्यसमिति,सबै प्रदेशहरुमा प्रदेश कार्यसमितिहरु र अधिकांश स्थानीय तहमा स्थानीय समितिका साथै अमेरिका, बेलायत, जापान, काेरिया, मलेसिया, दुबाई लगायतका धेरै देशहरुमा पनि संगठन बिस्तार गरेको छ।
संगीकर्मी संघका अध्यक्ष दावा फेन्जाे तामाङकाे सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन संगीतकर्मी संघका सचिव करण तामाङले गर्नुभएको थियाे ।संघमा बरिस्ठ गायक रेशम थापा, घमेस दुलाल, नवराज घाेरासईनी, राजु परियार, प्रकाश कटुवाल, विक्रम जंग शाह लगायत धेरै चर्चित कलाकारहरु आबद्ध रहेका छन् ।