रहेनन् वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्य



काठमाडौं।वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ ।

भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्यको अपरान्ह साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको हो।उनी विगत लामो समयदेखि बिमारी रहेका थिए।

स्वरसम्राट नारायणगोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन्।आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन्।नेपाली सुगम संगीतमा उनको विशिष्ट स्थान छ । आचार्यका आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । 

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्