बबिनाको संगीतमा बैकुण्ठले गाएको ‘जय जय शम्भु’ सार्बजनिक



काठमाडौं।महाशिबरात्री पर्बका अवसरमा भगवान आराध्यदेव शिबको महत्वसहितको भजन’जय जय शम्भु’ सार्बजनिक गरिएको छ।

बबिना भट्टराईको संगीत र बैकुण्ठ प्रधानको स्वरमा रहेको उक्त भजनमा शिव महिमाका शब्दहरु दिनेश खनालले कोरेका हुन्। वीणा भक्ति आध्यात्मिक युट्व च्यानलमार्फत सार्बजनिक भएको उक्त भजनमा रुविन कुमार श्रेष्ठको ऐरेन्ज रहेको छ।

म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको उक्त सुमधुर भजनको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका छन् । महाशिवरात्रीको सन्दर्भ विशेषमा आएको शिव भजन जय जय शम्भु नेपाली भजनप्रेमीहरुले मन पराउने विश्वास लिएको गायक बैकुण्ठ प्रधानले बताएका छन् ।

भगवानप्रति पूर्ण आस्था र विश्वास राख्ने गायिका तथा संगीतकार बबिना भट्राईका स्वर तथा संगीतमा भगवान श्री कृष्ण, भगवान श्री राम,भगवान महादेव लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् । नेपाली सुगम संगीतमा पनि उनले धेरै गीत, गजलहरुमा आफ्नो सुमधुर स्वर दिएकी छिन् । गायन र संगीत मार्फत धर्म,अध्यात्म र भक्तिमा बबिना भट्राईले दिएकी योगदान विशेष प्रशंसनीय रहेको छ ।

आगामी दिनहरुमा पनि भजनद्धारा भगवानको भक्तिभाव र गुणगानलाई निरन्तरता दिई समाजमा अध्यात्म स्थापित गर्न प्रयास गर्ने उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्