मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री नियुक्त,सपथ आइतबार




काठमाडौँ।भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता चुनिएका मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो ।एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बैठकपछि नरेन्द्र मोदीले भने, ‘आज बिहान एनडीएको बैठक थियो । सबै एनडीए सहयोगीहरूले मलाई यो जिम्मेवारीका लागि मन पराएका छन् । एनडीएका सबै सहयोगीहरूले राष्ट्रपतिलाई यसबारे जानकारी दिए ।’

उनले अगाडि भने, ‘राष्ट्रपतिले भर्खरै मलाई बोलाएर नवनिर्वाचित प्रधानमन्त्रीको रूपमा नियुक्त गर्नुभएको छ र शपथ समारोह र मन्त्रिपरिषद्का सदस्यहरूको सूचीबारे जानकारी गराउनुभएको छ । राष्ट्रपतिले ९ गते साँझ सुविधा उपलब्ध हुने बताउनु भएको छ । बाँकी जानकारीको काम राष्ट्रपति भवनले गर्ने छ । त्यतिन्जेल हामी मन्त्रिपरिषद्को सूची राष्ट्रपतिलाई हस्तान्तरण गर्नेछौं र त्यसपछि शपथ समारोह हुनेछ ।’

मोदीले आइतबार साँझ ६ बजे शपथ लिने छन्।प्रधानमन्त्री नियुक्त मोदीको यो तेस्रो कार्यकाल हो।

प्रतिक्रिया दिनुहोस्