सोलुखुम्बुको थुलुङ दुधकोशीलाई मात्रै कोशी प्रदेश सरकारको २० करोड बढी बजेट
सोलुखुम्बु।कोशी प्रदेश सरकार मार्फत थुलुङ दुधकोशी गाउँपालिका भित्र कार्य हुने गरि रु. २० करोड बढी बजेट बिनियोजन भएको छ । तीन वटा बहुवर्षिय गौरवको योजनासहित गाउँपालिका भित्रको कृषि सडक, ढल व्यवस्थापन, सिंचाई, देखि खेलमैदान निर्माण लगायतका लागि उक्त बजेट प्राप्त भएको हो ।
गाउँपालिका अध्यक्ष असिम राईको पहलमा पुर्वअर्थ मन्त्री तथा माओवादी केन्द्रका संसदिय दलका नेता इन्द्र बहादुर आङ्बो, कोशी प्रदेशका भौतिक पुर्वधार मन्त्री गणेश उप्रेती (सुशील) र प्रदेश साम्सद गोम्बु शेर्पा कर्ज्याङको समन्वयमा उक्त कार्यक्रम परेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । उहाँका बहुवर्षिय योजना अन्तरगत नेले-देउसा- सोताङ सडकका लागि रु.४ करोड, नेले-मुक्ली सडकका लागि रु.४ करोड र नेले-तुम्से- काङ्गेल सडकका लागि ३ करोड ९० लाख बजेट प्राप्त भएको छ ।
यस्तै अनुसार नेले बजार ढल व्यवस्थापनका लागि रु.१ करोड, वडा नम्बर ७ को चेराखु-लुर्बा सडक स्तरोन्नतिका लागि रु.४५ लाख, थुलुङ दुधकोशी आवसिय भवनका लागि रु.७० लाख, मुक्ली- बर्खु सडक स्तरोन्नतिका लागि रु.२० लाख, छोपुखोला ट्रष्ट बृज निर्मण रु.२५ लाख र हिमालय मावी खेलमैदानका लागि रु.४ लाख सहित अन्य विभिन्न योजनाका लागि करिब २१ करोडौंको बजेट व्यबस्था भएको बताइएको छ ।
एउटै गाउँपालिका यति धेरै कार्यक्रम पर्न सफल हुनुको पछाडि गाउँपालिका नेतृत्वको प्रभावकारी समन्वय र पहलनै प्रमुख रहेको प्रवक्ता कार्कीले बताउनुभयो । पालिका नेतृत्व गाउँपालिकाको सर्वाङ्गिन विकासको निम्ति दिनरात नभनिकन खटेकै कारण सम्वृद्व स्थानीय तहको आधार तयार भएको भन्दै प्रवक्ता कार्कीले थुलुङ दुधकोशीमा गर्वगर्न लायक काम भएको दावी गर्नुभयो ।
एउटा पालिका अध्यक्षले चाहदा कति सम्मको कार्यक्रम पर्छ भन्ने ज्वलन्त उदाहरण थुलुङ दुधकोशी स्तापित भएको उहाँको भनाई छ ।