किराँत राई हाउस ग्याम्बल लेन बेलायतमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न



काठमाडौं।किराँत राई चाम्लिङ खाम्बातिम बेलायतले किराँतीहरूको महान् चाड साकेला उँभौली धिरिनाम (ईस्वी संवत् २०२४/यले सम्बत ५०८४/विक्रम सम्बत २०८१) भव्य रूपमा आइतबार किराँत राई हाउस ग्याम्बल लेनमा बृहत सांस्कृतिक समारोहको आयोजना गरी धूमधामका साथ साकेला मनाएको छ।

उक्त कार्यक्रममा चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष चन्द्र जयपालले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो भने किराया बेलायतका अध्यक्ष रि.मेजर योगेश कोयी राईको प्रमुख आतिथ्यतासंगै पुमा, बान्तवा तगायतका बिभिन्न भाषिक संस्थाहरुको उपस्थितीमा सो कार्यक्रमलाई महासचिव राजेन रामजङ राईले संचालन गर्नुभएको थियो।

वर्षेनी पित्री,प्रकृती र हुईलुङ पुजा गर्दै बिभिन्न प्रकारको सिल्लि टिप्दै बडो गर्बको साथ साकेला नाचिने उक्त कार्यक्रममा सम्पुर्ण वैतुङ दाजुभाई, दिदि वहिनी, छोरीचेली, जुवाई चेला हरु लगायत सबै पाछाको पाछागत उपस्थिती रहेको थियो ।

प्राचिन सिलीहरूको जगेर्णा गर्दै जानको लागी मछामा (साय) सिली,पारूहॉङ् (खुट्टे) सिली,नाईमा (हाते) सिली,खासिमा (झींगा) सिली,वापा/वामा (भाले/पोथी) सिली,तावा(मयूर) सिली ,कावा (गंगटा) सिली,काछुपा(बॉदर)सिली,बेसारा सिली,सिकी/सिप(तान बुन्ने)सिली,चासुम(अन्नपात)सिलीहरूमा धित मरुन्जेल नाचेर ब्यबहारिक रुपमा नयॉ पुस्तालाई हस्तान्तरण गर्ने प्रयास रहेको कुरा किरात राई चाम्लिङ खाम्बातिम समापन गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्