सगुन ठेकी मेनेजमेन्ट युनिट को पहिलो बैठक सम्पन्न
काठमाडौं।विदेशबाठ नेपाल फर्किएका कलाकार तथा निर्देशक राइ जेठा यतिबेला नयाँ प्रोजेक्टको तयारीमा जुटेका छन । आगामी प्रोजेक्टको बारेमा जानकारी तथा सरसल्लाहका लागि कलाकारहरुसंगको भेटघाट र छलफलमा नै व्यस्त रहेका छन ।
विदेशबाट फर्किए लगत्तै राइ जेठाले चलचित्र तथा सिरियल निर्माणको तयारीमा जुटेका छन । योजना मुताविक शनिबार महाराजगन्ज स्थित इन्द्रेणी फुडल्याण्डमा बैठक बसी योजना अगाडी बढाएका छन । राई हालसालै नयाँ प्रोजेक्ट ल्याउने तयारी गर्दै सगुन ठेकी चलचित्र निर्माण र हालसालै सिरियल गर्ने गरि ब्याबस्थापनको बैठक बसेको हो ।
बैठकमा ब्याबस्थापन टिम सबै उपस्थिति रहेको थियो । उपस्थित हुँदै कलाकार राई जेठी सिम्रन राईले अब आउने प्रोजेक्ट हाम्रो लामो समय पछि पुन दर्शकको लागि नयाँ केही लिएर आउने बताइन साथै कलाकार तथा मोडल सम्झना अर्मनी राईले हामी तयारी हुँदै छौ दर्शकको लागि केही लिएर आउने छौ भन्दै ब्याबस्थापनको जिम्मा पाएको जानरी गराउनुभयो ।
अन्य कलाकारहरु चन्द्रसेखर उर्फ सेखु धमाका, चन्द्र मगर, राजकुमारी राई , बिन्दास कार्की , मन कुमार दर्नाल र पत्रकार कमल फुयाल सहितको युनिटले अनलाइन खोजी प्रतिभा प्रा.लिको प्रस्तुतीबाट फिल्म र सिरियल बन्दै गरेको प्रोजेक्टको लागि सम्झौता पत्रमा पनि हस्ताक्षर गरेका छन ।
बैठकमा सबैको सल्लाह सुन्दै राई जेठा रामचन्द्रले तत्काल सिरियल र मंसिरदेखि फिल्म ‘सगुन ठेकी’ सुरु गर्ने बताउनुभयो र प्रोजेक्टको लागि तयारी भै रहेको जानकारी गराउनु भयो ।
बिगत लामो समयदेखि कलाकारितामा काम गर्दै आईरहेको राई जेठा रामचन्द्र र फुर्बा लिम्बूले ‘हन कसो अरे’ र ‘सरु’ टेलिचलचित्रलाई ओमकार टेलिभिजनबाट र टिभी पन्चली इट के बाट प्रशारण गरिसकेको छ्न ।