खोला तथा नदी किनारमा २० मिटर छोड्नुपर्ने आदेशबिरुद्ध स्थानीय आन्दोलित




काठमाडौं।सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका नदी किनारको मापदण्ड थप २० मिटर कायम गरेपछि ठाउँ ठाउँमा स्थानीयहरू विरोधमा उत्रिएका छन्।

२०८० पुस ३ गते फैसला भएको सो मुद्दाको केही दिनअघि मात्रै सार्वजनिक भएको उपत्यकाका खोला तथा नदी सम्बन्धी मापदण्डबारेको सर्वोच्चको पूर्णपाठ सार्बजनिक भए लगत्तै काठमाडौँ महानगरले २० मिटर मा कुनै पनि संरचना निर्माण गर्न नपाइने भन्दै रोक लगाएपछि यो मुद्दा थप चर्किएको हो ।

आज गोकर्णेश्वर नगरपालिकाका स्थानीयले मापदण्डको विरोध गर्दै जोरपाटीमा प्रदर्शन गरेका छन्। सर्वोच्चको फैसला न्यायिक नभएको भन्दै उनीहरुले जोरपाटी क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भने नयाँ मापदण्ड अनुसार बनेका संरचना नभत्काइने भन्दै यो विषयमा सङ्घीय सरकारले दोहोरो नीति लिएका कारण समस्या भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्