लक्ष्मी सनराइज क्यापिटलद्वारा लाभांश घोषणा



काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले लाभांश घोषणा गरेको छ । क्यापिटलको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आवको सञ्चित नाफाबाट शेयरधनीलाई करसहित ७ करोड ७१ लाख ९४ हजार ७३६ रुपियाँबराबरको नगद लाभांश वितरण गर्नेछ ।

लाभांश पारित गर्न कम्पनीले १४औं वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा, मंसिर १६ गते दिउँसो ३ बजे लक्ष्मी कम्प्लेक्स हात्तिसार काठमाडौंमा बस्नेछ ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्