रवि लामिछानेमाथि राज्यले अमावनीय व्यवहार गरिरहेको प्रचण्डको आरोप



काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने माथि सरकारले निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले लामिछानेमाथि सरकारले गरिरहेको व्यवहारको निन्दा समेत गरेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले गरिरहेको अमावनीय व्यवहार रोक्न माग गरेका छन ।

उहाँले फेसबुकमा लेख्नुभएको छ –
अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।

प्रतिक्रिया दिनुहोस्