सडक सौन्दर्यीकरणका लागि बिराटनगर र सिटिजन्स बैंकबीच सम्झौता
काठमाडौँ।विराट महानगरपालिका र सिटिजन्स इन्टरनेसनल बैंकबीच सडक सौन्दर्यीकरण परियोजनासम्बन्धी सम्झौता भएको छ । बैंक र महानगरबीच बिहीबार भएको सम्झौताअनुसार बैंकले परियोजनाका लागि २ लाख रुपैयाँ सहयोग गर्ने जनाइएको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको बताएको छ । बैंकले महानगर क्षेत्रभित्र पर्ने रानी–बरगाछी सडक सौन्दर्यीकरण परियोजनाका लागि सघाएको हो ।
विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानअन्तर्गत रानी–बरगाछी ६ लेन सडकको डिभाइडरमा हरियालीसहित सडक सौन्दर्यकरण परियोजनाका लागिसहयोग रकम प्रदान गरिएको बैंकको भनाइ छ ।