राष्ट्र बैंकद्वारा तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज
काठमाडौं।नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ ।
मोर्डन रेमिट्यान्स, भाटभटेनी मनी ट्रान्सफर र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले खारेज गरेका संस्थासँग रेमिट्यान्सको रकम लिनुदिनु भए ३५ दिनभित्र लिखित जानकारी गराउन आग्रह गरिएको छ ।
कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र बैंकले जनाएको छ । यी रेमिट्यान्स कम्पनीबाट कसैले आर्थिक कारोवार र वैदेशिक रोजगारीबाट पैसा नपठाउने बैंकले सूचित गराएको छ ।