तमु(गुरुङ)समाज रोमानियामा नयाँ कार्यसमिति,तमु ल्होसारका अवसरमा बिशेष कार्यक्रम



रोमानिया।तमु (गुरुङ) समाज रोमानियाको अध्यक्षमा तिलबहादुर तमुलाई चयन गरिएको छ।

स्थापनाको चौथो वर्ष प्रवेशको अवसरमा आयोजित ३२२७७ औं तमु ल्होसार कार्यक्रममा सम्पन्न भेलाले समाजको उपाध्यक्षमा सुजाता तमुस्यो,महासचिवमा भोजकुमार तमु,सचिवमा थमन क्रोम्जे तमु,सहसचिवमाबकुमारी तमुस्यो,कोषाध्यक्षमा उराज तमु र सह-कोषाध्यक्षमा सानू तमुस्यो चयन भएका छन्।

समितिका सदस्यहरुमा एमानसिङ तमु,अनुस्का तमुस्यो,हौ ब तमु
भविन तमु रहेका छन्।यसैगरी,संरक्षकमा मोहन तमु र सल्लाहकारहरूमा पदम प्द्खुस तमु,ओवेश गुरुङ,प्रसाद तमु रहेका छन्।

समाजले तमु ल्होसारका अवसरमा भव्य कार्यक्रम समेत सम्पन्न गरेको छ। मुप्र्ही ल्होसारलाई विदाई गर्दै सप्र्ही ल्होसारलाई स्वागत गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले रोमानियामा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाएको अध्यक्ष तिल बहादुर गुरुङको भनाई छ ।

कार्यक्रममा नेपाल तमाङ घेदुङ समाज रोमानियाका अध्यक्ष फुर्सङ लामा,वरिष्ठ सल्लाहकार सुरेन्द्र लामा,ईन्फो टिभी मिडियाका सञ्चालक एवम् शेर्पा किदुग रोमानियाका अध्यक्ष लाक्पा तेन्जी शेर्पा,नेपाल किरात समावेशी सेवा समाजका अध्यक्ष गौरीमान लिम्बू,नेपाल मगर संघ रोमानियाका कोषाध्यक्ष सन्तोष थापा लगायतको सहभागिता थियो।

कार्यक्रमको सञ्चालन समाजका सचिव थमन गुरुङले गरेका थिए भने संरक्षकमोहन गुरुङ,सल्लाहकार ओवेश गुरुङ र अन्य विशेष अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा परम्परागत गुरुङ संस्कृति झल्किने विभिन्न प्रस्तुति देखाइएको थियो। साथै,उपस्थित अतिथिहरूबीच शुभकामना आदानप्रदान गरी नयाँ वर्षलाई उल्लासपूर्वक स्वागत गरियो।

तमु (गुरुङ) समाज रोमानियाको यो पहलले विदेशी भूमिमा नेपाली समुदायको पहिचान र एकताको महत्वलाई उजागर गरेको छ। नयाँ कार्यसमितिले आगामी दिनमा अझ प्रभावकारी गतिविधिहरू सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्