पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाले १५ दिने उद्घोषण तालिम सञ्चालन गर्दै
काठमाडौं।पिके सोलुखूम्बू टाप्टिङ समाज सेवा काठमाडौंले १५ दिने नेपाली भाषा उद्घोषण तालिम सञ्चालन गर्ने भएको छ । समाजले संस्थाको कार्यालय पैयाटारमा १५ दिने उद्घोषण तालिम सञ्चालन गर्न लागेको संस्थाका अध्यक्ष ङवाङ फुरी शेर्पाले जानकारी दिनुभयो। ।
शेर्पाका अनुसार पुष २१ गतेदेखि तालिम सञ्चालन हुने र कक्षा ११/१२ सकेर बसेको विद्यार्थी तथा तालिम पश्चात संस्थालाई सहयोग गर्न सक्ने व्यक्तिहरूलाई विशेष ग्राहयता दिईने छ।टाप्टिङबाट काठमाडौं आई बसोबास गर्ने ईच्छुक ब्यक्तिलाई समयमै सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन्।
तालिमको सहजीकरण योहो टेलिभिजनका पत्रकार निम्लेकी शेर्पाले गर्नुहुने वहाँको भनाई छ।