नेकपा(माओवादी केन्द्र)सोलुखुम्बु-काठमाडौं सम्पर्क समन्वय समितिमा नयाँ नेतृत्व
सोलुखुम्बु। नेकपा(माओवादी केन्द्र)सोलुखुम्बु-काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा विष्णु खालिङ निर्वाचित भएका छन् ।
पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न पाँचौ सम्मेलनले खालिङको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो।समितिको उपाध्यक्षहरूमा फुरा याङ्जी शेर्पा,गणेश कुलुङ र हरि प्रसाद राई चयन हुनुभएको छ। सचिवमा शिशिर देब राई, सहसचिवमा राम तामाङ,र कोषाध्यक्षमा चन्द्र राई निर्वाचित हुनुभएको सम्पर्क समन्वय समितिका इन्चार्ज संकल्प किरांतीले जानकारी दिए।
नवनिर्वाचित कार्यसमितिमा झरणा किराती,लाक्पा सोनाम शेर्पा, शहरमान राई,रमेश राई,बिनोद कार्की,अशनबाबु जमरकट्टेल, चतुरमान राई,प्रविन राई,सुस्मिता कुलुङ,रमेश कुमार कार्की, आसपूर्ण राई,सुनिल बस्नेत र अम्बिरकाजी बिकलगायत सदस्यहरू निर्बाचित भएको उनले बताए।
सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् सोलुखुम्बु जिल्ला इन्चार्ज हेमकुमार राई’सुरबीर’,केन्द्रीय सदस्य एबम कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा ‘कर्ज्याङ’ केन्द्रीय सदस्य करुणा बस्नेत,प्रदेश सचिवालय सदस्य एबम् जिल्ला सह इन्चार्ज अशिम राई,सोलुखुम्बु जिल्ला समन्वय समितिका संयोजक नाम्गेल शेर्पा लगायत जिल्ला नेताहरुको बाक्लो उपस्थिति रहेको थियो।
सोलुखुम्बु-काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष सुबास जमरकटेलको सभापतित्वमा सम्पन्न सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठ लगायतका बक्ताहरुले मुलुकको राजनीतिक परिवर्तनमा माओवादी केन्द्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै पार्टीलाई अझ सशक्त र गतिशील बनाएर अगाडि बढाउन एकढिक्का भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए।