उपप्रधानमन्त्री सिंहद्वारा सोलुदुधकुण्ड नगरपालिकाको प्रशासनिक भवन शिलान्यास
सोलुखुम्बु।जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डको प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ।
सल्लेरीस्थित जिल्ला समन्वय समितिको कार्यालय नजिकै आयोजित कार्यक्रममा आइतबार उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको हो।नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा रक्षामन्त्री मानवीर राई,संविधान सभा सदस्य एवं कोशी प्रदेशसभा सदस्य अमृत अर्याल,कोशी प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री बुद्धि कुमार राजभण्डारी,कोशी प्रदेशसभा सदस्य डोल्मा तामाङ,जिल्ला समन्वय समितिका प्रमुख कृष्ण निरौला,नेपाली काँग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पा,लिखुपिके गाउँपालिकाका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पा,सोताङ गाउँपालिकाका उपाध्यक्ष अञ्जु राई,प्रमुख जिल्ला अधिकारी अनोज घिमिरे,नेकपा एमालेका अध्यक्ष डुफकुमार बास्तोला लगायतको उपस्थिति रहेको थियो।
भ्याटसहित सात करोड १४ लाख नौ हजार तीन सय ६३ रुपैयाँ २७ पैसा बजेटमा प्रशासनिक भवन निर्माण हुने प्रशासकीय अधिकृत टुक्ति शेर्पाले जानकारी दिनुभयो । २०८१ कार्तिक ५ गते भवन निर्माणको लागि ठेक्का सम्झौता भइ हाल निर्माण भइरहेको भवन निर्माणको जिम्मेवारी आरएमसी पिआर एचबिजेभि निर्माण कम्पनीले लिएको छ।अत्याधुनिक,भूकम्प प्रतिरोधी,सीटिहल सहितको सुविधाजनक प्रशासकीय भवन निर्माण गरिने भवन निर्माण कार्य २०८२ चैत्र ३० गते सम्पन्न गर्ने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत शेर्पाले जानकारी दिनुभयो ।