कुलुङ जातिको महान पर्ब ‘चाक्चाकुर’ आजबाट सुरु,तीन दिनसम्म भब्य रुपमा मनाइने
सोलुखुम्बु।कुलुङ जातिको महान चाड मिनारी-दाचाम चासुम लो निङदोङ फाइम (चाक्चाकुर) येले दोङ ५०८५ आजबाट सुरु भएको छ । यो पर्व प्रत्येक वर्षको १५ पुसदेखि सुरु हुने यो पर्ब कुलुङ समुदायले पुस १५ देखि ३ दिनसम्म भव्यरूपमा मनाउने गर्छन् ।
कुलुङ जातिको बाहुल्यता रहेको सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाले चाक्चाकुर पर्बका अवसरमा तीन दिनसम्म बिदा दिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राईले जानकारी दिनुभयो।कुुलुङ जातिले पुस १५ लाई नयाँ वर्ष, पुस १६ लाई नयाँ अन्न खाने दिन र पुस १७ लाई कुलुङ संघको स्थापनाका रूपमा चिनारी दाचाम्री चाक्चाकुर भनेर मनाइने उनले बताए।
कुलुङ भाषामा मीनाको अर्थ ‘मान्छे’ र मिनारीको अर्थ ‘मान्छेको पाखुरी’ हुन्छ । दाचाम्को अर्थ ‘भण्डार वा ढुकुटी’ हो भने निङदोङले ‘नयाँ वर्ष’ र चाक्चाकुरले ‘चासुम अर्थात् अन्नको सह’ तथा पुस महिनालाई जनाउँछ । मानव पाखुरीको बलबाट फलेर भण्डारण गरिएको अन्नको नयाँ वर्षमा सह होस् र नयाँ सालमा अनिकाल नलागोस् भनेर पितृ र प्रकृतिलाई नयाँ यामको प्रारम्भमा पुज्नु नै मिनारी दाचाम निङदोङ चाक्चाकुर हो ।
सबै गाउँभरिका मानिस भेला भएर नाचगान, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न किसिमका खेल खेलेर रमाइलो गर्दै मनाउने गरिन्छ।
औपचारिक रूपमा देशभर चाक्चाकुर पर्वलाई मनाउने सुरुआत नेपाल किराँत कुलुङ भाषामा संस्कृति उत्थान संघ, केन्द्रीय कार्यसमितिको पहलमा ०६२ सालबाट थालिएको कुलुङ संघले दाबी गर्दै आएको छ । कुलुङ जातिको बसोबास भएका जिल्ला सोलुखुम्बु, भोजपुर, संखुवासभा, इलाम, धनकुटा लगायतका जिल्लामा मिनारी दाचाम निङदोङ चाक्चाकुर मनाइन्छ । त्यस्तै, भारतको सिक्किम, पश्चिम बंगाल लगायतका राज्यमा पनि चाक्चाकुर मनाउने गरिएको छ । file foti