थुलुङ दुधकोशी अस्पतालमा दन्त सेवा पुनः सुरु गरिने
सोलुखुम्बु। जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकास्थित थुलुङ दुधकोशी सामुदायिक अस्पतालमा दन्त सेवा पुनः सञ्चालन गरिने भएको छ।
हप्ताको एक दिन सञ्चालन गरिने सो सेवा आगामी बिहिबारदेखि सुरु हुने गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए।त्यसपछि प्रत्येक हप्ताको एक दिन बिहिवार सो सेवा प्रदान गरिने उनले बताए।
सो सेवा अन्तर्गत दाँत निकाल्ने, स्थायी वा फिक्स दाँत लगाउने, दाँत भर्ने,फुल दाँत लगाउने र दाँत सफा गर्ने,दाँतको जराबाटै उपचार गर्ने (आर.सि.टी),बच्चाहरुको दाँत निकाल्ने,बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत पोलिस गर्ने र गिजा तथा मुख सम्बन्धी उपचार प्रदान गरिने उनको भनाई छ।
अस्पतालले पहिले देखि नै सो सेवा प्रदान गर्दै आए पनि चिकित्सक अभावका कारण केहि समय रोकिएको प्रबक्ता कार्कीले बताए। (सांकेतिक तस्बिर)