शेर्पा विद्यार्थी संघले ‘नि:शुल्क बृहत शेर्पा सांस्कृतिक तालिम’ सञ्चालन गर्ने
दावा जाङ्बु शेर्पा,काठमाडौं।नेपाल शेर्पा विद्यार्थी संघले ‘निशुल्क ३२ दिने बृहत शेर्पा संस्कृतिक तालिम’ सञ्चालन गर्ने भएको छ ।
‘परम्परागत शेर्पा भाषा ,गीतसंगीत , नृत्य ,कला र संस्कृति हाम्रो पहिचान यसको पुस्तान्तरण,जगेर्ना र प्रबर्धनमा शेर्पा युवा तथा बिद्यार्थीहरुको अग्रसरता हाम्रो अभियान’ भन्ने मूल नाराको साथ’ सो तालिम सञ्चालन गर्न लागिएको कार्यक्रम संयोजक फुरी शेर्पाले जानकारी दिए ।
शेर्पाका अनुसार पौष २५ देखि माघ २५ सम्म श्याब्रु तालिम र माघ १६ देखि माघ २६ सम्म हिटू र मोन्लम तालिम सञ्चालन गरिने छ ।नेपाल शेर्पा विद्यार्थी संघ केन्द्रीय कार्यालय नारायणटारमा सञ्चालन गरिने उनले बताए।