कांगेलमा नेपाली कांग्रेसको १०० दिने अभियान सम्पन्न



सोलुखुम्बु।नेपाली कांग्रेसले पार्टीको १०० दिने राष्ट्रिय अभियान अन्तर्गत थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं २ कांगेलमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ।

पार्टी केन्द्रीय सदस्य एबम पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पाको प्रमुख आतिथ्य तथा जिल्ला सभापति एबम् सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा र जिल्ला समन्वय समिति प्रमुख कृष्ण निरौलाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीको संगठन सुदृढीकरणका बिषयमा छलफल भएको नेपाल विद्यार्थी संघका कार्यबाहक सोलु जिल्ला अध्यक्ष मोहन कृष्ण निरौलाले जानकारी दिए।

कार्यक्रममा प्रमुख अतिथि शेर्पाले पार्टीको आन्तरिक एकतालाई सुदृढ गरेर अगाडी बढ्नुको विकल्प नरहेको धारणा व्यक्त गरेका थिए।

बिशिस्ट अतिथि जिल्ला सभापति शेर्पा पार्टीको यो अभियानले पार्टी सुदृढीकरण, संगठन विस्तार, र जनताको सेवामा हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउने बताउँदै एकताबद्ध प्रयासले मात्र बलियो र सशक्त पार्टी संगठन निर्माण सम्भव रहेको धारणा व्यक्त गरे।

समन्वय प्रमुख निरौला,प्रबक्ता एबम् थुलुङ दुधकोशीका लागि जिल्ला प्रतिनिधि चन्द्र आचार्य,कान्ति राज थुलुङ,नेपाल तरुण दलका केन्द्रीय सदस्य नवीन थापा तथा नेबिसंघ सोलुखुम्बुका अध्यक्ष नवीन बस्नेत लगायतले कार्यक्रममा आ-आफ्नो धारणा ब्यक्त गरेको निरौलाले बताए।

थुलुङ दुधकोशीका नौ वटा वडामध्ये १,६,७ र ८ वडा बाहेक अन्यत्र अभियान सम्पन्न भएको तरुण दलका केन्द्रीय सदस्य थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्