बास्तोला नेपाली कांग्रेसको केन्द्रीय उद्योग तथा व्यापार विभागमा सदस्य मनोनीत



सोलुखुम्बु।नेपाली कांग्रेसका युवा नेता शम्भुहरी बास्तोला नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागमा सदस्यमा मनोनीत भएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम बास्तोलासहित १० सदस्य मनोनीत गरेका हुन्।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको सो बिभागमा मनोनीत अन्य सदस्यहरुमा खगेश्वर बोहरा(कञ्चनपुर) मीनबहादुर भण्डारी (जुम्ला),ध्रुव खड्‌का (काठमाडौं),जमसेर अलि मियाँ, (कपिलवस्तु),सिताराम परियार, (काभ्रेपलाञ्चोक), संजिव घिमिरे(झापा),जुनु गुरुङ(लम्जुङ)ई.विजयकुमार सिंह(रौतहट) र राजीव श्रेष्ठ(काठमाडौं) रहेका छन्।

प्रतिक्रिया दिनुहोस्