राप्रपा नेपालले चैतदेखि जनसंघर्ष गर्ने
काठमाडौं।राप्रपा नेपालले आगामी विसं २०८१ चैतदेखि जनसंघर्ष सुरु गर्ने निर्णय गरेको छ।
शनिबार सम्पन्न सो पार्टीको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको प्रबक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए।बैठकले
२०८२ मंसिर १३, १४ र १५ गते काठमडौंमा महाधिवशेन गर्ने निर्णय गरेको पनि उनले बताए।
पार्टी प्रवक्ता बसन्तमान सिंह अधिकारीका अनुसार पार्टीको राजनीतिक कार्यपत्र, संगठन विभागको प्रतिवेदन तराई मधेस उत्थान अभियान सम्बन्धि कार्ययोजना,आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदन पनि परिमार्जनसहित पारित भएको छ।
राप्रपा नेपालले समान विचारधारा भएका दल तथा समूहसँग एकता गर्ने र एकता सम्भव नभए सहकार्य वा मोर्चा बनाएर अघि बढ्ने निर्णय पनि गरेको छ।
त्यस्तै, राप्रपा नेपालले सरकारले हालसालै ल्याएको सहकारी सम्बन्धी अध्यादेश अपुरो रहेको पनि निष्कर्ष निकालेको छ।‘सहकारी संस्था संचालनका सम्बन्धी सरकारले हालै जारी गरेको अध्यादेश अपुरो छ । सो अध्यादेशले सहकारी पिडितहरूको समस्या समाधान गर्दैन,’ पार्टी निर्णयमा भनिएको छ।