विष्णु थापा‘बिछोड’को दोस्रो कृति ‘नीलो माइक्रोजस्तो नदी’कविता सङ्ग्रह लोकार्पित



काठमाडौं।’हामी र हाम्रो कृति समाज’का संस्थापक सदस्य विष्णु थापा‘बिछोड’को दोस्रो कृति ‘नीलो माइक्रोजस्तो नदी’कविता सङ्ग्रह लोकार्पण गरिएको छ।

लीलाध्वज थापा साहित्य प्रतिष्ठान,बालुवाटारमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समालोचक प्रा. डा. रामप्रसाद ज्ञवाली लगायत बिशिस्ट अतिथिहरुले संयुक्त रूपमा सो कृतिको लोकार्पण गरेका थिए।समाजले हरेक महिनाको तेस्रो शनिवार स्रष्टाहरूको कृति लोकार्पण कार्यक्रम गर्दै आएको छ।’नीलो माइक्रोजस्तो नदी’कविता सङ्ग्रह संस्थाको १८ औँ कृतिको हो।

हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन प्रसाद नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्राज्ञ सदस्य तथा सामाजिक शास्त्र विभागका प्रमुख डा.कौशिला रिसाल,वरिष्ठ साहित्यकार एवं लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, वरिष्ठ समालोचक प्रा.डा. गोबिन्द मानसिंह कार्की, वरिष्ठ कवि तथा शब्दघर प्रकाशनका सम्पादक प्रोल्लास सिन्धुलीय,लोकार्पित कृति नीलो माइक्रोजस्तो नदीका समीक्षक प्राध्यापक,साहित्यकार एवं समालोचक विनोद मन्जन, वरिष्ठ साहित्यकार एवं तरेली साहित्य प्रतिष्ठानका अध्यक्ष रामेश्वर श्रेष्ठ’शैलेन्द्र’,वरिष्ठ गीतकार वी.वी.थापा, कागेश्वरी पुस्तकालय आलापोटका अध्यक्ष कुमार खड्का र विमोचित कृतिका कृतिकार विष्णु थापा’बिछोड’लगायत हुनुहुन्थ्यो।

हामी र हाम्रो कृति समाजका सचिव बद्री उप्रेतीज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा प्रा.डा.रामप्रसाद ज्ञवाली, डा. कौशिला रिसाल,विजयध्वज थापा,रामेश्वर श्रेष्ठ’शैलेन्द्र’,प्रोल्लास सिन्धुलीय,प्रा.डा.गोविन्दमान सिंह कार्कीले शुभकामना मन्तव्य दिनुभएको थियो।४८ वटा कविताहरू रहेको लोकार्पित कृतिकाबारेमा समीक्षक प्राध्यापक,साहित्यकार तथा समालोचक विनोद मन्जनले बडो उत्कृष्ट तरिकाले व्याख्या र विश्लेषण गर्नुभएको थियो ।

कवि सुशीला खड्का‘हसिना’ले संचालन गर्नुभएको कार्यक्रममा उपस्थित हुनुभएका सर्जकहरूमध्यबाट कवि राधा दुलाल कार्की र कवि भुवन सिवाकोटीज्यूले विमोचित कृतिबाट कविता वाचन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्