पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाको १५ दिने उद्घोषण तालिम सुरु



काठमाडौं।पिके सोलुखूम्बू टाप्टिङ समाज सेवा काठमाडौंले १५ दिने नेपाली भाषा उद्घोषण तालिम सुरु भएको छ ।

समाजले संस्थाको कार्यालय पैंयाटारमा आईतवारबाट सो तालिम सुरु गरिएको संस्थाका अध्यक्ष ङवाङ फुरी शेर्पाले जानकारी दिनुभयो।

शेर्पाका अनुसार सो तालिममा कक्षा ११/१२ सकेर बसेका विद्यार्थी तथा तालिम पश्चात संस्थालाई सहयोग गर्न सक्ने व्यक्तिहरूलाई विशेष ग्राहयता दिइएको छ। तालिममा १२ जना सहभागी रहेका छन्।

तालिमको सहजीकरण योहो टेलिभिजनका पत्रकार निम्लेकी शेर्पाले गरिरहेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्